Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

तिङ्करनाका खुलेसँगै व्यापारीको चहलपहल बढ्यो


तिङ्करनाका खुलेसँगै व्यापारीको चहलपहल बढ्यो

दार्चुला । नेपाल–चीन सीमानाका तिङ्कर आवागमनका निम्ति खुलेसँगै सिमाक्षेत्र वरपर व्यापारीको चहलपहल बढेको छ । बुधबार व्यास गाउँपालिका–१ छाङ्रुका १५ र तिङ्करका १२ गरी २७ जना व्यापारी उक्त नाकाहुँदै चीनको स्वशासित क्षेत्रतर्फ प्रस्थान गरेका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए । चीन प्रवेशका लागि दार्चुलाका एक सय ८७ जनाले अनुमति लिएका छन् । कोरोनाकालदेखि बन्द रहेको तिङ्करनाका हालै खुलेको हो । नाकामा अन्य स्थानीय व्यापारी र चिनियाँ नागरिकबीच स्थानीय उत्पादन तथा दैनिक उपभोग्य सामग्री खरिदबिक्री भएको छ ।