Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सूचीकृत कम्पनीहरुले असोज मसान्तभित्र नवीकरण शुल्क बुझाउनु पर्ने


सूचीकृत कम्पनीहरुले असोज मसान्तभित्र नवीकरण शुल्क बुझाउनु पर्ने

काठमाडौं, असोज ९। नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएका कम्पनीहरुले असोज मसान्तभित्र नवीकरण शुल्क बुझाइसक्नु पर्ने भएको छ। मंगलबार एक सूचना जारी गर्दै नेप्सेले सूचीकृत कम्पनीहरुलाई असोज ३० गतेभित्रमा नवीकरण शुल्क बुझाउन आग्रह गरेको हो।यससँगै आर्थिक वर्ष २०८०,८१ को वार्षिक नवीकरण शुल्क बुझाउन बाँकी रहेका कम्पनीहरुले सो अवधिभित्र तोकिए बमोजिमको शुल्क बुझाउनु पर्ने छ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को व्यवस्था अनुसार धितोपत्र र डिबेन्चर तथा म्युचुअल फण्डहरुको नवीकरण शुल्क छुट्टाछुट्टै तोकिएको छ। कम्पनीहरुको नवीकरण शुल्क चुक्ता पूँजीको आधारमा तोकिएको छ। नेप्सेका अनुसार ५० करोडसम्म चुक्ता पूँजी भएका कम्पनीहरुले वार्षिक ५० हजार रुपैयाँ नवीकरण शुल्क बुझाउनु पर्ने हुन्छ। त्यस्तै, सो भन्दा माथि पूँजी हुनेहरुले वार्षिक १ लाख रुपैयाँ नवीकरण बापत नेप्सेलाई बुझाउनु पर्ने व्यवस्था छ।

त्यसैगरी, डिबेन्चर तथा म्युचुअल फण्डहरुको पनि चुक्ता पुँजी अनुसार शुल्क तोकिएको छ। ५० करोडसम्म हुनेले २५ हजार र ५० करोडभन्दा माथि चुक्ता पूँजी भएकाले वार्षिक ५० हजार रुपैयाँ नवीकरणको लागि बुझाउनु पर्छ। कम्पनीहरुले उक्त रकम अनलाइनद्वारा बुझाउनु पर्ने हुन्छ ।