Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सांसद अन्सारीको निधनमा शोक प्रस्ताव पारित गरी प्रतिनिधिसभा बैठक स्थगित


सांसद अन्सारीको निधनमा शोक प्रस्ताव पारित गरी प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ — प्रतिनिधिसभाको बैठक सांसद मन्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ । प्रतिनिधिसभाको आइतबार ११ बजेर ४८ मिनेटमा बसेको बैठकले सांसद शर्माको निधनमा शोक प्रस्ताव पारित गरेको हो । सांसद शर्माको आइतबार बिहान निधन भएको हो ।

उपचारको क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा उनको निधन भएको हो । २०२० माघ १९ गते जन्मिएकी अन्सारी २०७९ चैत १९ गते प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी थिइन् । जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा उनी निर्वाचित भएकी थिइन् ।

२०४६ सालको आन्दोल देखि राजनीतिक यात्रा सुरुवात गरेकी उनी सद्भावना पार्टीमा आबद्ध भई २०४६ साल देखि २०५६ सम्म उपत्यका महिला इन्चार्ज रहेकी थिइन् । उनी हाल जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय सदस्य थिइन् । सभामुख देवराज घिमिरेले सिभिल अस्पतालमा गएर शोक व्यक्त गरेका थिए । प्रतिनिधिसभा बैठक सोमबार ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।