काठमाडौं । आज सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला एक लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन प्रतितोला एक लाख ५५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ३५ रुपैयाँले बढेर एक हजार ९१५ रुपैयाँमा किनबेच भइरहेको छ । बुधबार चाँदी एक हजार ८८० रुपैयाँमा किनबेच भएको थियो ।
सुनको मूल्य बढ्यो