Tuesday, November 04, 2025

२०८२ कार्तिक १९, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

समृद्धि फाइनान्सको १७ वर्षमा आठ गुणा प्रतिफल दिने


समृद्धि फाइनान्सको १७ वर्षमा आठ गुणा प्रतिफल दिने

काठमाडौं, असोज ५। समृद्धि बचत कर्ताको बचत गर्ने बानीलाई प्रोत्साहन गर्ने उद्देश्यले समृद्धि फाइनान्स कम्पनी लिमिटेडले समृद्धि बचतको योजना ल्याएको छ । योजना अनुसार कम्पनीले ग्राहकको बचतलाई दुई सय नौ महिना आठ दिनमा आठ गुणासम्म प्रतिफल दिने योजना ल्याएको हो ।

योजनाअन्तर्गत ग्राहकले समृद्धि फाइनान्सको धमाका योजनामा आफ्नो बचतलाई ७५ महिना २० दिनमा दोबर, ११९ महिना २८ दिनमा तीन गुणा, १७५ महिना २१ दिनमा पाँच गुणा र २२७ महिनामा आठ गुणासम्म बढाउन सक्ने बताइएको छ ।

साथै, रेमिट्यान्स बचत धमाका योजनाअन्तर्गत बचतकर्ताले आफ्नो बचतलाई ६९ महिना २३ दिनमा दोबर, ११० महिना १७ दिनमा तीन गुणा, १६१ महिना २९ दिनमा पाँच गुणा र २०९ महिना आठ दिनमा आठ गुणासम्मको उच्चतम प्रतिफल पाउन सक्ने उल्लेख छ ।