Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नगरप्रमुख नकर्मीको निधनमा कीर्तिपुर क्षेत्रमा शोक विदा


नगरप्रमुख नकर्मीको निधनमा कीर्तिपुर क्षेत्रमा शोक विदा

काठमाडौं । दुबै मृगौला पीडित कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधनमा कीर्तिपुर नगरपालिकाले आज शोकविदा दिएको छ । केहि महिनाअघि मात्रै मृगौला प्रत्यारोपण गराएका प्रमुख नकर्मीको एक साताअघि एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पतालको भेन्टीलेटरमा उपचार भइरहेको थियो । उनको सघन कक्षमा उपचार भइरहदा गएराती निधन भएको थियो । प्रशासकीय प्रमुख माधवप्रसाद ढकालले एक विज्ञप्ती जारी गर्दै आज एक दिन नगरमा शोक विदा दिइएको उल्लेख गरेका छन् । प्रमुख नकर्मीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीकालागि बिहान ९ बजेबाट कीर्तिपुर स्थीत नगरपालिकाको कार्यालय प्राङगनमा राखिने छ ।