Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कुमारीपाटीको एलभिडी शोरुमअघिबाट फुलपातीका दिन चोरी भएको मोटरसाइकल ‘बजाज’ सर्भिस सेन्टरमा, प्रहरीले अनुसन्धान गर्दै


कुमारीपाटीको एलभिडी शोरुमअघिबाट फुलपातीका दिन चोरी भएको मोटरसाइकल ‘बजाज’ सर्भिस सेन्टरमा, प्रहरीले अनुसन्धान गर्दै

काठमाडौं । ललितपुर महानगरपालिको मुख्य बजार क्षेत्र कुमारीपाटीबाट गत २४ गते फुलपातीको दिन दिउँसो ३ः२४ बजे चोरी भएको मोटरसाइकल कुमारीपाटीकै बजार शोरुमको सर्भिस सेन्टरमा भेटिएको छ । कुमारीपाटीको एलभिडी शोरुमअघिको पार्किङबाट चोरी भएको बा ८१ प ७२४४ नम्बरको अपाचे २०० सिसिको रातो रंगको आरटिआर मोटरसाइकल नजिकै रहेको 'बजाज' शोरुमको सर्भिस सेन्टरमा भेटिएको हो ।

कुमारीपाटीमा रहेको 'बजाज शोरुम'मा काम गर्ने एक कामदारले मोटरसाइकल सर्भिस सेन्टरभित्र हालेको सिसिटिभी फुटेजको आधारमा ललितपुर प्रहरीले सो क्षेत्रमा खोजी गरेको थियो । प्रहरीले सिसिटिभी फुटेज देखाउँदै शोधपुँछ गर्दा 'बजाज शोरुम' सञ्चालकले मोटरसाइकल आफुसँग भएको बताएका थिए ।

फुलपातीका दिन व्यस्त बजारबाटै मोटरसाइकल चोरीभएको विषयमा आसपासमा होहल्ला भएपनि उक्त शोरुमका सञ्चालक, कामदारले कुनै प्रतिक्रिया देखाएका थिएनन् । सोहि दिन मोटरसाइकल हराएको विषयमा ललितपुर प्रहरीमा मोटरसाइकल धनी स्वयम उपस्थित भइ र काठमाडौं ट्राफिकमा सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए ।


प्रहरीले असोज ३० गते आसपासका सिसिटिभी फुटेज जाँच गर्दा मोटरसाईकल 'बजाज शोरुम'को सर्भिस सेन्टरभित्र लगेको देखेपछि उक्त सर्भिस सेन्टरमा सोधखोज गरेको थियो । मोटरसाइकल बजाजकै सर्भिस सेन्टरभित्र भेटिएपछि प्रहरीले आबश्यक शोधपुछ गरेको हो । घटनाका विषयमा कुमारीपाटीको 'बजाज शोरुम' सञ्चालक पुर्णकाजी महर्जनले मोटरसाइकल गल्तीले सर्भिस सेन्टरमा कामदारले ल्याएको बताएका छन् ।


असोज २४ गते फुलपातीका दिन दिउँसो ३ः२४ बजे चोरी भएको उक्त मोटरसाइकलका विषयमा 'बजाज शोरुम'ले कार्तिक १ गते सम्म कहिकतै जानकारी गराएको छैन् । प्रहरीको टोलीले ३० गते सर्भिस सेन्टरमा गएर बुझ्दा मात्रै मोटरसाइकल यहि भएको सञ्चालकले बताएका थिए । सर्भिस सेन्टरले यो बीचमा ट्राफिक प्रहरी, ललितपुर प्रहरी वा मोटरसाइकल चोरी भएको स्थान आशपासमा जानकारी गराएको छैन् । सादा पोसाक सहितको प्रहरी टोली सर्भिस सेन्टरमा सोधपुछ गर्न पुग्दामात्रै सञ्चालकले मोटरसाइकल सिर्भिस सेन्टरमा रहेको बताएको प्रहरीको भनाई छ ।


शोरुम सञ्चालक महर्जनले ग्राहकले मोटरसाइकल एक्सचेन्जकालागि ल्याएको र सो मोटरसाइकल नजिकै पार्किङ भएकाले भूलबस अर्काे मोटरसाइकल परेको दावी गर्दै आएका छन् । ‘जब कि शोरुमले भनेको मोटरसाइकल कालो रंगको आरटिआर १६० सिसि बा ४२ प ४२५२ नम्बरको पुरानो मोडल हो भने, शोरुमको कामदारले चोरी गरेको मोटरसाइकल आरटिआर २०० सिसि बा ८१ प ७२४४ नम्बरको नयाँ मोडल रातो रंगको हो’। एउटै मोडल र एउटै रंग भएपनि मोटरसाइकलको चाबी कसरी एउटै हुन सक्छ ?


मोटरसाइकल भुलवस ल्याइएको भए प्रहरीलाई किन जानकारी नगराएको भनि प्रहरीले प्रश्न गर्दा दशै विदाका कारण जानकारी नगराएको 'बजाज शोरुम' सञ्चालक महर्जनले बताए । उक्त शोरुम असोज ३० गतेनै खोलि सकेको छ, भने मोटरसाइकल चोरीभएको दिन करिब राती ८ बजेसम्म शोरुम खुलै रहेको सिसिटिभी फुजेटमा देखिन्छ । उसो भए मोटरसाइकल चोरी हुनेको दशा, चोर्नेको दशै हो ? मोटरसाइकल धनीले भने ।


सिसिटिभी फुटेज हेर्दा मोटरसाइकल भूलवस नभइ चोर्ने नियतले लिएको प्रष्ट देखिन्छ । कुमारीपाटीको 'बजाज शोरुम'ले कामदार र आफ्नो गल्ती लुकाउन भूलवस मोटरसाइकल ल्याइएको दावी गर्दै आएको देखिन्छ । सोहि दिन उक्त मोटरसाइकल चोर्नुअघि एउटा अर्काे मोटरसाइकल सोहि व्यक्तीले लिएर जान्छ । केहि समयमै पुनः आएर सो मोटरसाइकल चलाखी पुर्ण हिसावले चाबीनै खोलेर लान्छ । 'बजाज शोरुम'को कामदारले गरेको गल्तीलाई सञ्चालकले ढाकछोप गर्न खोजेको मोटरसाइकल धनीको दावी छ । उनले भने, ‘उक्त चोरीमा संलग्नलाई कारबाही गरि बजाजकै आधिकारिक डिलरले सार्वजनिक रुपमै माफी माग्नु छ ।


असोज २४ गते दिउँसो ३ः२४ बजे चोरी भएको मोटरसाइकलका विषयमा शोरुमले असोज ३० गतेसम्म गुपचुप राख्छ । असोज ३० गते ललितपुर प्रहरीले आफ्नो सक्रियतामा 'बजाज शोरुम'को सर्भिस सेन्टरमा गएर सोधपुँछ गर्दा मोटरसाइकल यहि भएको पाउछ । यस विषयमा बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालि र गोल्छा ग्रुप गम्भीर हुन आबश्यक देखिन्छ ।

नेपालमा सबै भन्दा बढी बिक्रि हुने मोटरसाइकलका रुपमा रहेको बजाज मोटरसाइकलकै शोरुमले सर्वसाधारणको मोटरसाइकल चोरीको शैलीमा उठाउनु कति जायज होला ? यस विषयमा प्रहरीले अनुसन्धान गर्ने र कानुनी कारबाही गर्ने प्रतिवद्धता जनाएको मोरसाइकल धनीको बताए ।