काठमाडौं । धनुषाको छिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपोमै कर्मचारीको हत्या भएको छ । सिराहाको सिराहा नगरपालिका–३, मखनाहाका ४० वर्षीय राकेश बर्माको हत्या भएको प्रहरीले जनाएको छ ।
शुक्रबार डिपोमा बर्माको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले बताए । घटनामा संलग्न रहेको आरोपमा प्रकाश यादवलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बर्मा र यादवबिच भनाभनले बढ्दै जाँदा घटना भएको प्रहरीले जनाएको छ ।