Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित एमाले र कांग्रेसबाट आठजना बिना विभागीय मन्त्रीहरुद्धारा शपथ ग्रहण


लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित एमाले र कांग्रेसबाट आठजना बिना विभागीय मन्त्रीहरुद्धारा शपथ ग्रहण

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित एमाले र कांग्रेसबाट आठजना बिना विभागीय मन्त्रीहरुले बुधवार बिहान पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराए । लुम्बिनीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ५ मन्त्रालय पाएका छन् ।

मन्त्रीहरुको शपथ लिनेहरुमा नेकपा (एमाले) बाट रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेम सारु र दाङका सीता शर्मा रहेका छन् । यसैगरी नेपाली कांग्रेसबाट चार जनाले शपथ लिए । शपथ लिनेमा गुल्मीबाट धनेन्द्र कार्की, प्युठानका सरोज थापा (रोज राणा), दाङका प्रचण्डविक्रम न्यौपाने, बाँकेका बादशाह कुर्मी छन् ।

आज बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका सबै मन्त्रीलाई भोलिसम्ममा मन्त्रालयको जिम्मेवारी दिने जनाइएको छ । लुम्बिनीमा एमाले र कांग्रेसका ५६ सांसदको हस्ताक्षरमा सोमबार एमाले लुुम्बिनी प्रदेशका उपनेता चेतनारायण आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ८७ सदस्यीय प्रदेश सभामा माओवादीका १०, नेकपा एस, जनमोर्चा र स्वतन्त्रका एक–एक गरी १३ सांसद मात्र विपक्षमा छन् ।