Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपालले गर्योः थप ३० वस्तुमा भन्साररहित बजार पहुँच सुविधा दिन अमेरिकासँग प्रस्ताव


नेपालले गर्योः थप ३० वस्तुमा भन्साररहित बजार पहुँच सुविधा दिन अमेरिकासँग प्रस्ताव

काठमाडौँ ।  नेपालले थप ३० वस्तुमा भन्साररहित बजार पहुँच सुविधा दिन अमेरिकासँग प्रस्ताव गरेको छ । नेपाल–अमेरिकाबीचको व्यापार तथा लगानीसम्बन्धी सम्झौता परिषद् (टिफा) बैठकमा वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादुर कार्कीले नेतृत्व गरेको बैठकमा अमेरिकाले ७७ वस्तुमा उपलब्ध गराउँदै आएको भन्सार सुविधालाई निरन्तरता दिन आग्रह गरेको छ । ७७ बाहेक थप ३० वस्तुमा पनि सुविधा दिन माग गरिएको छ ।

०७२ वैशाखमा नेपालमा भूकम्प गएपछि अमेरिकाले ७७ वस्तुलाई भन्साररहित बजार पहुँच सुविधा दिँदै आएको छ । नयाँ देश केन्द्रित ग्राह्यता कार्यक्रम स्थापित गरी अमेरिकाले हार्मोनाइज्ड ट्यारिफ सेड्युअलअन्तर्गतका ७७ वस्तुमा समेटिएका नेपाली वस्तुलाई भन्सार छुट सुविधा दिएको छ । यसअन्तर्गत हस्तकला, सल, भ्रमण सामग्रीलगायत वस्तु पर्छन् । यी ७७ वस्तुमा दिइएको सुविधा सन् २०२५ डिसेम्बरमा सकिँदै छ । त्यही सुविधालाई यथावत् राख्न नेपालले अमेरिकासमक्ष प्रस्ताव गरेको हो ।