Tuesday, November 04, 2025

२०८२ कार्तिक १९, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एकै व्यक्तिलाई एक भन्दा बढी संस्थाले ऋण दिएका कारण लघुवित्तमा संकट


एकै व्यक्तिलाई एक भन्दा बढी संस्थाले ऋण दिएका कारण लघुवित्तमा संकट

काठमाडौं, असोज ८। नेपाल राष्ट्र बैंकले गठन गरेको समितिले एकै व्यक्तिलाई एक भन्दा बढी संस्थाले ऋण दिँदा नै लघुवित्त संस्थामा संकट आएको निकायलेका छन्। समितिले ऋणमा दोहोरोपना अन्त्य गर्न र समूह जमानीको सट्टा परिवारका सदस्यको जमानीमा ऋण दिने व्यवस्था गर्न चेतावनी दिएको छ।

राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठ नेतृत्वको समितिले गत साता गभर्नर महाप्रसाद अधिकारीलाई बुझाएको प्रतिवेदनमा समितिले लघुवित्तमा समस्या देखिनुको एक दर्जन भन्दा बढी कारण र समस्या समाधानका १९ बुँदे सुझाव सहितको प्रतिवेदन दिएको हो।

यस्तोमा ऋण रकम बढ्दै गएर विपन्नहरु ऋण तिर्न नसक्ने अवस्थामा पुग्दा लघुवित्तको समस्या बाहिर आएको थियो। प्रतिवेदनमा ४ हजार भन्दा बढी ऋणीले दुई वा दुई भन्दा बढी लघुवित्तबाट ऋण लिएको देखिएको छ। उनीहरुले यसरी लिएको ऋण राष्ट्रबैंकले तोकेको सीमा बिना धितो लिन पाउने ७ लाख र धितो राखेर लिन पाउने १५ लाख रुपैयाँ भन्दा बढी भएको समितिका संयोजक प्रकाशकुमार श्रेष्ठले बताएका छन्।

समितिले एउटै ऋणीलाई २३ वटासम्म संस्थाले ऋण दिएको र एउउटै ऋणीले विभिन्न संस्थाबाट ५० लाख रुपैयाँसम्म ऋण लिएको फेला पारेको थियो। समितिले अध्ययनका क्रममा देशका विभिन्न ४८ स्थानमा सर्वेक्षण गर्नुका साथै लघुवित्त समूह र ऋणीसँग पनि अन्तरर्किया गरेको थियो ।