काठमाडौं, भदौ २५ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले रुपन्देहीको बुटवल हार्ट क्लिनिकमा छुट पाउने भएका छन् । बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा बैंकर क्लिनिकबीच समझैता भएको हो । समझैंता अनुसार सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकले बुटवल हार्ट क्लिनिकमा १० प्रतिशत सम्मको छुट पाउने बताइएको छ ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकले विश्वास व्यक्त गरेको छ । हाल बैैंकले देशभरमा एक सय ८८ शाखा, एक सय ४८ एटिएम, तीन विस्तारित काउन्टरका साथै ९७ वटा शाखारहित बैंकिङ इकाइद्वारा सेवा दिइरहेको बताएको छ ।