Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

रुसी अन्तरिक्ष यान अनियन्त्रित हुँदा चन्द्रमामा दुर्घटना


रुसी अन्तरिक्ष यान अनियन्त्रित हुँदा चन्द्रमामा दुर्घटना

काठमाडौं । रुसको अन्तरिक्ष यान लुना–२५ दुर्घटनामा परेको छ । रुसी अधिकारीहरुका अनुसार चन्द्रमाको परिक्रमा गर्ने क्रममा अनियन्त्रित भएर यो अन्तरिक्ष यान दुर्घटना भएको हो । अन्तरिक्ष यानमा मानिस भने थिएनन् । यो अन्तरिक्ष यान चन्द्रमाको दक्षिणी ध्रुवमा सोमबार अवतरण गर्नु पर्नेमा असफल भएको बीबीसीले जनाएको छ ।

चन्द्रमाको दक्षिणी ध्रुवमा अहिलेसम्म कुनै पनि देशले अन्तरिक्ष यान अवतर गर्न सकेका छैनन् । तर चीन र अमेरिकाले चन्द्रमाको सतहमा अन्तरिक्ष यान अवतरण गराएका छन् ।
चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्ष यान पठाउन भारत र रुसबीच अहिले प्रतिस्पर्धा छ ।

भारतले पठाएको चन्द्रयान–३ आउँदो बुधबार चन्द्रमामा अवतरण गर्ने तयारी छ ।