काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले साउनमा लगभग ३ अर्ब मात्रै कर्जा प्रवाह भएपनि भदौको आजसम्म थप १२ अर्ब कर्जा प्रवाह भएको बताएका छन् । उनले यही अवस्था अघि बढ्दा केहि आशा गर्न सक्ने उनले बताए । उनले आर्थिक वर्षबाट नयाँ किसिमबाट अर्थतन्त्र चलायमान हुने बताए ।
आईतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । आर्थिक क्रियाकलाप अघि बढाउनलाई, निजी क्षेत्रको मनोबललाई उच्च राख्नलाई प्रशस्त मात्रामा आधारशिला खडा भएको बताए । उनले चालु आर्थिक वर्षबाटै नेपालको अर्थतन्त्र नयाँ किसिमबाट चलायमान हुने दाबी गरे ।