Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मन्त्री फेरिएसँगै मेलम्चीसहित खानेपानी मन्त्रालयका ७ सहसचिवको सरुवा


मन्त्री फेरिएसँगै मेलम्चीसहित खानेपानी मन्त्रालयका ७ सहसचिवको सरुवा

काठमाडौं । खानेपानी मन्त्रालयका अन्तर्गतको विभागको महानिर्देशक तथा मेलम्ची कार्यकारी निर्देशकसहित ७ जना सहसचिवको सरुवा भएको छ । गत बैशाख २४ गते नेपाल समाजवादी पार्टीका महिन्द्र यादव खानेपानी मन्त्री नियुक्त भएका थिए । उनको नियुक्तिपछि गरिएको यो उच्च तहको सरुवा हो । यसअघि मन्त्रिपरिषद्को निर्णय अनुसार प्रधानमन्त्री कार्यालयमा रहेका सचिव रामआधार साहलाई खानेपानी मन्त्रालय सरुवा गरिएको थियो ।

खानेपानीका सचिव मणिराम गेलाललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको थियो । मन्त्रालयका सूचना अधिकारी चिरन्जीवी तिम्सिनाका अनुसार खानेपानी विभागका महानिर्देशक रमाकान्त दुवाडीलाई विराटनगरस्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनामा सरुवा गरिएको छ ।

विभागको महानिर्देशकमा मेलम्ची विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठलाई पठाइएको छ । मेलम्चीको उपकार्यकारी निर्देशकमा संघीय मामिला खानेपानी आयोजना विराटनगरका प्रमुख सुरत बमलाई सरुवा गरिएको छ । मेलम्चीको कार्यकारी निर्देशक भने रिक्त भएको छ । सिनियर सहसचिवहरु मध्येबाट कार्यकारी निर्देशक तोक्ने जानकारी मनन्त्रालय स्रोतले दिएको छ ।

यस्तै सहसचिवहरु बालमुकुन्द श्रेष्ठलाई संघीय आयोजना सुर्खेत, रामचन्द्र काफ्लेलाई बुटवल तथा प्रज्जव प्रजापतिलाई हेटौंडा र जक्की अहमदलाई जनकपुर सरुवा गरिएको छ । संघीय व्यवस्थापन आयोजनाहरुको कार्यान्वयन महत्त्वपूर्ण मानिन्छ । मन्त्रिपरिषद्ले चक्रबहादुर बुढालाई पर्यटन विभागको महानिर्देशकमा सरुवा गरेको छ । भन्सार विभागको महानिर्देशकबाट गत बैशाख ३० गते संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयमा सरुवा भएका थिए ।

२०६२ सालमा शाखा अधिकृत पास गरेका बुढा निजामती सेवामा पटक–पटक विभागीय प्रमुखको अवसर पाउने मध्येका हुन् । उनले कम उमेरमै प्रमख जिल्ला अधिकारी, प्रदेश प्रमुख सचिव अर्थमन्त्रालयको बजेट महाशाखा, अख्तियार, भन्सार महानिर्देशक जस्ता महत्वपूर्ण स्थानमा कम गर्ने अवसर पाएका छन् । जाजरकोट स्थायी घर भएका उनी शिक्षकबाट निजामती सेवामा प्रवेश गरेका थिए ।