Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नापी कार्यालय चन्द्रौटाका सर्वेक्षक बेचनप्रसाद गुप्ता तेलीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता


नापी कार्यालय चन्द्रौटाका सर्वेक्षक बेचनप्रसाद गुप्ता तेलीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । कपिलवस्तु नापी कार्यालय, चन्द्रौटाका सर्वेक्षक बेचनप्रसाद गुप्ता तेलीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग ३५ हजार घुस लिएको दाबी गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । तेलीले जग्गा कित्ताकाट गर्ने प्रयोजनका लागि सेवाग्राहीबाट घुस लिएको अवस्थामा नगदसहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । अख्तियारले तेलीलाई ३५ हजार नै बिगो कायम गरी जरिवानासमेत गर्न माग गरेको छ ।