काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार अमेरिकन डलरको खरिद दर १३२ रुपैयाँ ६८ पैसा र बिक्री दर १३३ रुपैयाँ २८ पैसा तथा युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ५९ पैसा र बिक्री दर १४५ रुपैयाँ २५ पैसा कायम गरिएको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९४ पैसा र बिक्री दर १६९ रुपैयाँ ७१ पैसामा कारोबार हुँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८५.२ रुपैयाँ र बिक्री दर ८५.४१ रुपैयाँमा तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९ पैसा र बिक्रीदर ९८ रुपैयाँ ५४ पैसामा कारोबार हुनेछ ।
जापनिज येन १० को खरिदमा ९ रुपैयाँ ९ पैसा र बिक्रीदर ९ रुपैयाँ १३ पैसामा खरिदबिक्रीको अनुमति पाएसँगै दक्षिण कोरिया वन १०० को खरिदमा ९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९ रुपैयाँ ९२ पैसा कायम गरिएको छ ।
त्यसै गरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.३७ रुपैयाँ र बिक्री दर ३५.५३ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २८.५४ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६७ रुपैयाँ कायम छ । यस्तै कुवेत दिनार १ को खरिदमूल्य ४३०.६१ पैसा विक्रीदर ४३२.५६ पैसामा कारोबार हुनेछ ।