Tuesday, December 23, 2025

२०८२ पुष ८, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चालु आर्थिक वर्षको लागि खर्च भुक्तानी गर्ने आज अन्तिम दिन


चालु आर्थिक वर्षको लागि खर्च भुक्तानी गर्ने आज अन्तिम दिन

काठमाडौं । चालु आर्थिक वर्षको लागि खर्च भुक्तानी गर्ने आज अन्तिम दिन सरकारी कार्यालयमा भिडभाड देखिएको छ । चालु आर्थिक वर्षको लागि १७ खर्ब ५१ अर्ब रूपैयाँको बजेटमा १३ खर्ब ९७ अर्ब रुपैयाँ मात्रको खर्च भएको छ। यो विनियोजन गरेको बजेटको तुलनामा ७९.८१ प्रतिशत मात्रै खर्च हो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र नियमावलीको व्यवस्था अनुसार असार मसान्तको दिन भुक्तानी गर्न रोक लगाइएको छ।

नियमावली नै अधिकांश भुक्तानी आर्थिक वर्ष सकिनु भन्दा एक हप्ता अघि नै क्लियर गर्ने व्यवस्था गरेको छ। अनिवार्य दायित्व र अन्तिम समयमा रकमान्तर तथा स्रोतान्तर गरिएको असार मसान्तभन्दा अघिल्लो दिनसम्म क्लियर गर्नु पर्ने व्यवस्था गरेको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको नियम ३० मा आर्थिक वर्ष समाप्त हुनु अघि भुक्तानी निकासा बन्द गर्नु पर्ने व्यवस्था गरेको छ।