Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एनसेल बिक्रीमा राजनीतिज्ञ, कर्मचारी र व्यापारीको पनि मिलेमत्तो छ:कोइराला


एनसेल बिक्रीमा राजनीतिज्ञ, कर्मचारी र व्यापारीको पनि मिलेमत्तो छ:कोइराला

काठमाडौं । एनसेल विक्रि प्रकरणमा राजनीतिक दाउपेच सूरु भएको छ । अर्बाैं घाटा खाएर बिक्रि भएपछि अहिले राजनीतिक दलका नेताहरुले बोल्न थालेका छन् । कांग्रेस नेता शेखर कोइरालाले एनसेल बिक्रीमा राजनीतिज्ञ, कर्मचारी र व्यापारीको समेत मिलेमत्तो रहेको आरोप लगाएका छन् ।

उनले अब पाँच वर्षपछि नेपाल सरकारको मातहतमा हुनुपर्ने कम्पनी बिक्रीमा राजनीतिज्ञ र कर्मचारीको संलग्नता नभएको कुरा विश्वास गर्न नसकिने दाबीसमेत गरे । मंगलबार ओखलढुंगा कांग्रेसको सम्मेलनमा नेता कोइरालाले एनसेल प्रकरणलाई कांग्रेसले गम्भीर रुपमा लिएर धारणा बनाउनुपर्ने बताए ।

आजको पाँच वर्षपछि नेपाल सरकारको मातहतमा हुनुपर्ने एनसेल बेचिँदै छ भन्ने केही दिनदेखि जताततै चर्चा भइरहेको छ । यसमा राजनीतिज्ञहरु, कर्मचारी र व्यापारीहरुको मिलेमतो नभई सम्भव नै हुँदैन ।

त्यसकारण हामीले नेताहरुलाई प्रश्न गरेका छौं कि एनसेल किन बिक्री भयो ? कोइरालाले भने, यस घटनालाई नेपाली कांग्रेसले गम्भीर रुपमा लिएर धारणा बनाउनुपर्छ । नेपाललाई भ्रष्टाचारमुक्त बनाउन पनि कांग्रेसले नेतृत्व गर्नुपर्छ ।

नेता कोइरालाले भ्रष्टाचारलाई निर्मूल पार्न नसके नेपाललाई विकसित मुलुक बनाउन नसकिने बताए । अहिले जताततै मानिसहरुमा असन्तुष्टि छ । यसको कारण के हो भनेर बुझ्दा भ्रष्टाचारले देशलाई गाँजेको छ भन्ने कुरा सर्वत्र सुन्नुहुन्छ । भ्रष्टाचार नै मुलुकको विकास र समृद्धिको बाधक हो, उनले भने, यसलाई सबै मिलेर निर्मूल किन नपार्ने ?