Sunday, August 17, 2025

२०८२ भाद्र १, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राष्ट्रिय कफी दिवस भृकुटीमण्डपमा ७ गते मनाइँदै


राष्ट्रिय कफी दिवस भृकुटीमण्डपमा ७ गते मनाइँदै

काठमाडौँ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यही मङ्सिर ७ गते राष्ट्रिय कफी दिवस भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ । कफी विकासका क्षेत्रमा क्रियाशील व्यवसायीहरूबाट नेपाली कफीको ‘स्टल’ सञ्चालन तथा प्रदर्शनी, विभिन्न थरिका कफीको ब्रिबिङ्ग तथा टेस्टिङ्ग गर्ने गराइन लागेको हो ।

कफी सहकारी सङ्घहरूबाट सञ्चालित कफीसम्बन्धी गतिविधिको प्रदर्शनी गर्ने उक्त दिवसमा नेपालको कफी क्षेत्रको वर्तमान अवस्था, नीतिगत व्यवस्था तथा आगामी कार्यदिशा विषयक प्रस्तुतीकरण एवं अन्तक्र्रिया कार्यक्रम गरिने बोर्डका कार्यकारी निर्देशक वेनुपराज प्रसाईँले जानकारी दिए ।

कफी उत्पादक संस्था तथा किसान उद्यमी, जिल्ला कफी सहकारी सङ्घ, प्रारम्भिक कफी सहकारी संस्थालाई विशेष सम्मान र पुरस्कृत गरिने छ । बोर्डका अनुसार आर्थिक वर्ष २०७९–८० को तथ्याङ्कानुसार रु १३ करोड चार लाखबराबरको ७७ मेट्रिक टन कफी निर्यात हुँदा रु ३२ करोड ५८ लाख बराबरको चार सय ५० टन कफी आयात भएको थियो ।

आव २०८०–८१ मा रु १४ करोड ९२ लाखबराबरको ८९ टन कफी निर्यात हुँदा रु ४१ करोड ९८ लाखबराबरको चार सय ४३ टन कफी आयात भएको तथ्याङ्क छ । आव २०८०–८१ मा देशभर पाँच सय मेट्रिक टन ग्रिनवीन कफी उत्पादन भएको छभने जम्मा छ सय ५४ हेक्टरमा नयाँ रोपण भएको छ । चार हजार तीन सय नौ हेक्टर जग्गामा कफीखेती विस्तार भएको छ ।