काठमाडौँ। नेपाली बजारमा ट्रुडर्मा ब्रान्डको ‘ट्रक स्किन ब्रान्ड’ सौन्दर्य सामग्री सार्वजनिक भएको छ । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बलिवुड अभिनेत्री सन्जिदा शेख र अभिनेत्री केकी अधिकारीले एक प्रडक्टको एक साथ लन्च गरेकी हुन्।
शेख चर्चित वेभ सिरिज हिरामण्डीको अभिनेत्री हुन्। अधिकारी कम्पनीको ब्रान्ड एम्बेसडरसमेत हुन्। शेखले प्रडक्ट लन्च गर्दै धेरै ब्रान्डको सामग्री प्रयोग गरे पनि ट्रक स्किनको जस्तो अरू नभएको बताइन्। मैले धेरै प्रडक्ट लन्च गरे तर ट्रक स्किनको जस्तो अरू राम्रो भेटिन् ।यसलाई सबैले प्रयोग गरेर यसको फाइदा उठाउनु होला,’ उनले भनिन्।
ब्रान्डको १६ वटा प्रडक्ट रहेको छ। लक्जरीयस ५० यसपीएफ प्लस क्रिम,लक्जरीयस ५० यसपीएफ पल्स जेल, बेबी डिएम मस्टुराईजिङ क्रिम, ग्लो ह्वाईटिङ क्रिम, भिटामिन सी क्रिम, एक्टीभ सावर जेल, एक्टीभ फेस वास, ग्लो फेस वास, ड्रिमा मस्टुराईजिङ लोस्न, कोज स्याम्पु, रिटिनल सिरम, ट्रिउ हेयर गेन, कोलभिट स्क्रिन लाईटिनिङ, लक्सर किलिन्जर, ग्लो ह्यान्ड फुट क्रिम र कोकोनट ओइल बजारमा सार्वजनिक भएको हो।
शेख आफैँले प्रडक्टको अनावरण गरेकी हुन्। उनले कार्यक्रममा आफ्नो व्यक्तिगत स्किन केयरको दैनिक प्रयोग र ट्रक स्किनको प्रभावकारिताबारे समेत बताइन्। नेपाली ब्रान्ड रहेको ट्रुडर्माले नेपाली सौन्दर्य सामग्री उत्पादन गर्ने गरेको ब्रान्डका निर्देशक सुशान्त मुरारकाले बताए।
ट्रक स्किन, ट्रक डर्मा कम्पनीको नयाँ उत्पादन हो । छालाको हेरचाह र सौन्दर्यको क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने विश्वास रहेको उनले उल्लेख गरे। प्रडक्टलाई विशेष गरी प्राकृतिक तत्त्वहरूमाथि आधारित बनाइएको मुरारकाले जानकारी दिए।
त्वचालाई स्वस्थ, चम्किलो र ताजा राख्न मद्दत गर्ने उनको भनाइ छ। ट्रक डर्माले नेपाली बजारमा आफ्नो उपस्थितिलाई पकड राख्न यो प्रडक्ट लन्चलाई ठुलो महत्त्व दिएको मुरारकाले बताए। ‘यो उत्पादनले नेपाली उपभोक्ताको आवश्यकतालाई सम्बोधन गर्नेछ। छालालाई स्वस्थ र आकर्षक बनाउने पुरा विश्वास छ,’ उनले भने।