Saturday, July 26, 2025

२०८२ श्रावण ११, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मधेस प्रदेश सभाको चौथो अधिवेशन आजबाट सुरु हुँदै


मधेस प्रदेश सभाको चौथो अधिवेशन आजबाट सुरु हुँदै

काठमाडौं । मधेस प्रदेश सभाको चौथो अधिवेशन आजबाट सुरु हुँदैछ । मधेस प्रदेश सभा सचिवालय जनकपुरधामले प्रदेश सभाको चौथो अधिवेशनको लागि सूचना टास गरेको छ । यसअघि मधेस प्रदेश सरकारको निर्णयअनुसार सिफारिस भई आएको हुँदा मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सभाको चौथो अधिवेशन आह्वान गरेका थिए ।

मदेसका मुख्यमन्त्री सतिशकुमार सिंहको अध्यक्षतामा गत १६ गते मङ्गलवार सम्पन्न मन्त्रीपरिषद् बैठकले चौथो अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को बैठकको निर्णय बमोजिम सिफारिस भएर आएपछि प्रदेश प्रमुख भण्डारीले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको चौथो अधिवेशन पुस २३ गते मङ्गलबार अपराह्न १ः०० बजेबाट लागू हुने गरी आह्वान गरेका हुन ।

सरकारको सिफारिसमा प्रदेश प्रमुखले प्रदेशसभाको बैठक आह्वान गरेपछि प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम ३ को उपनियम (१) र (४) बमोजिम प्रदेश सभा सदस्यलगायत सबैको जानकारीको लागि प्रदेश सभा सचिवालयले सूचना जारी गरिसकेको प्रदेश सभा सचिव वासुप्रसाद कोइरालाले जानकारी दिए ।