Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राजस्व बाँडफाँटको बजेट रकम रोकिएको गाउँपालिका महासंघको आरोप


राजस्व बाँडफाँटको बजेट रकम रोकिएको गाउँपालिका महासंघको आरोप

काठमाडौं, असोज ८। कानुन अनुसार प्रदेश र स्थानीय तहमा जाने राजस्व बाँडफाँट अनुसारको रकम अर्थ मन्त्रालयले रोकेको गाउँपालिका राष्ट्रिय महासंघले आरोप लगाएको छ। गाउँपालिका राष्ट्रिय महासंघ नेपालकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले अर्थ मन्त्रालयका नाममा पत्र लेख्दै राजस्व बाँडफाँटको असार, साउन र भदौ महिनाको राजस्व बाँडफाँटको रकम रोकिएको उल्लेख गरेकी छिन्।

यसले स्थानीय तहको खर्च प्रभावित बनेको उनको भनाइ छ। २०असारसम्मको राजस्व बाँडफाँडको रकम आएको छ।असारको बाँकी ११ दिनको ४ साउनमा, साउनको ४ भदौमा र भदौको ४ असोज भित्र राजस्व बाँडफाँड रकम आउनुपर्ने भएपनि नआएपछि हामीले अर्थ मन्त्रालयलाई पत्र लेखेका थियौं, महासंघका प्रमुख कार्यकारी अधिकृतले बताएका छन्। प्रत्येक महिनाको राजस्व बाँडफाँड अर्को महिनाको १५ गतेसम्म हाल्नुपर्ने व्यवस्था भएपनि ४ गते नै हाल्ने अभ्यास रहेको उनले बताए ।

महालेखद्वारा अहिलेसम्म ४ गते भन्दा एक दिन पनि ढिलो भएको छैन तर २ महिना ११ दिनको राजस्व बाँडफाँट रोकिँदा स्थानीय तह र प्रदेश सरकारहरुलाई अप्ठ्यारो स्थितिमा छन्,प्याकुरेलले भने। उता, अर्थ मन्त्रालयले भने राजस्व बाँडफाँटको रकम नरोकिएको स्पष्ट पारेको छ। अर्थ मन्त्रालयका प्रवक्ता धनिराम शर्माका अनुसार असार र साउन महिनाको राजस्व बाँडफाँटको रकम निकासा भइरहेको छ। भदौ महिनाको राजस्व बाँडफाँटको रकम असोज महिनाको १५ गतेसम्म गइसक्ने उनले बताए ।