काठमाडौं । प्रधानन्त्री केपी शर्मा ओली चीन भ्रमणमा रहँदा अमेरिकाका सहायक विदेशमन्त्रीको नेपाल भ्रमण तय भएको छ । अमेरिकी विदेश मन्त्रालयले जनाए अनुसार अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिला हेर्नुहुने सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल भ्रमणमा आउन आउन लागेका हुन । मङ्गलबारदेखि साताव्यापी दक्षिण एसिया भ्रमणमा निस्कनुभएका लु अर्को साता नेपाल आइपुग्नुहुने जनाइएको छ ।
नेपाल भ्रमणका क्रममा उनले शीर्ष नेतृत्वसँग भेटवार्ता गर्ने छन् । भेटवार्ताका क्रममा सहायक विदेशमन्त्री लुले नेपालको वातावरण संरक्षण, महिला सशक्तीकरण र दिगो विकासका लागि सहयोगलाई अगाडि बढाउने विषयमा छलफल गर्ने विदेश मन्त्रालयले स्पष्ट पारेको छ । अमेरिका–नेपाल सम्बन्धलाई भविष्यमा थप मजबुत बनाउन नेपालका युवा नेतृत्वसँग पनि परामर्श गर्ने छन् ।