Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सेयर बजारका सबै परिसूचकमा गिरावट


सेयर बजारका सबै परिसूचकमा गिरावट

काठमाडौं, श्रावण २१ । सेयर बजारका सबै परिसूचकमा गिरावट भएको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३८.३७ अंक घटेर २०५१ अंकमा कायम भएको छ । कुल २ अर्ब ६८ करोड रुपैयाँको कारोबार भयो । कुल १८ कम्पनीको मूल्य बढ्दा १९७ को घट्यो भने २ को स्थिर रहृयो ।

जसमध्ये बैंकिङ २२, विकास बैंक ९७, फाइनान्स ६२, होटल तथा पर्यटन २०१, जलविद्युत् ४४, जीवन बीमा २३७, उत्पादन ८४, माइक्रोफाइनान्स ६१, निर्जीवन बीमा २२२, अन्य १७ र व्यापार उपसमूह ६८ अंक घटे । आइतबार नै सूचीकृत भएका नेपाल रिपब्लिक मिडिया र आईएमई लाइफको मूल्य १० प्रतिशत बढ्यो । आईएमई लाइफको मूल्य प्रतिकित्ता ५८२.४० पुगेको छ भने नेपाल रिपब्लिक मिडियाको २७५.४० पुगेको छ ।

कृषि विकास बैंकको मूल्य ६.७ प्रतिशत बढ्यो । प्रोग्रेसिभ फाइनान्सको मूल्य साढे ९ प्रतिशत घट्यो ।अभियान लघुवित्तको ८ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा सानिमा बैंक, एभरेस्ट बैंक, एनआईसी एसिया, शिवम् सिमेन्ट र ग्लोबल आर्ईएमई बैंक क्रमशः अगाडि रहेका छन् ।