Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

निजी क्षेत्रलाई विद्युत् व्यापार दिने सरकारको घोषणा (पूर्ण पाठसहित)


निजी क्षेत्रलाई विद्युत् व्यापार दिने सरकारको घोषणा (पूर्ण पाठसहित)

काठमाडौं, भदौ २७ । निजी क्षेत्रलाई विद्युत् व्यापार दिनेगरी विद्युत् विधयेक २०८० को मस्यौदा संसदमा दर्ता गरिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले बुधबार विधयेक दर्ता गरेका हुन् । लामो समयदेखि निजी क्षेत्रले माग गर्दै आएको विद्युत् व्यापारलाई ऐनको मस्यौदामा समावेश गरिएको छ । विद्युत् व्यापार तथा प्रसारण लाइनमा निजी क्षेत्रको सहभागितालाई प्रस्तावित मस्यौदाले समेटेको छ । यस ऐनको अधीनमा रही व्यापार अनुमतिपत्र प्राप्त संस्थाले विद्युत् व्यापार गर्न सक्नेछ,’ मस्यौदाको दफा ३४ को १ मा उल्लेख छ ।

विद्युत् उत्पादन अनुमति पाएका संस्थाले उत्पादन गरेको विद्युत् पूर्ण वा आंशिक रूपमा खरिद गर्ने, व्यापार अनुमति पाएका संस्थाबीच आपसमा विद्युत् खरिद बिक्री गर्ने, खरिद गरेको विद्युत् थोक वा खुद्राका रूपमा बिक्री गर्ने र विद्युत्‌को अन्तरदेशीय व्यापार गर्ने व्यवस्था मस्यौदामा गरिएको छ । ऐनको मस्यौदामा प्रसारण, वितरणजस्ता कुरामा व्यवस्था उल्लेख छ । विद्युत् उत्पादन आयोजनाको विकास तथा सञ्चालन प्रतिस्पर्धामा गर्नुपर्ने व्यवस्था छ ।

ऐन लागू हुनुअघि अनुमति पाएका आयोजनाले चाहे विद्युत् खरिदबिक्रीमा भाग लिन पाउने व्यवस्थासमेत गरिएको छ ।यसअघि ५० वर्ष रहेको जलविद्युत् आयोजनाको अनुमतिपत्रको अवधि ४५ वर्षमा झारिएको छ । जलस्रोत बाहेक अन्य स्रोतको उत्पादन अवधि २५ वर्ष, विद्युत् प्रसारण, वितरण र व्यापारका लागि २५ वर्षको अनुमति व्यवस्था राखिएको छ । उत्पादित विद्युत् सोझै विदेशी बजारमा निर्यात गर्ने गरी प्रस्ताव गरे जलशाययुक्त आयोजनामा ४० र अन्यमा ३५ वर्षको अनुमति दिइने व्यवस्था छ ।

आयोजनामा अवरोध, विकास तथा सञ्चालनमा बाधाजस्ता समस्या भए सरकारले पाँच वर्ष थप गर्न सक्ने उल्लेख छ । मस्यौदमा पाँच मेगावाटसम्म जडित क्षमताको आयोजना तथा वैकल्पिक ऊर्जासम्बन्धी आयोजना पालिकालाई अधिकार दिइएको छ । २५ मेगावाटसम्म प्रदेश र त्यसभन्दा माथि केन्द्र सरकारलाई अधिकार दिइएको छ । पालिकाको सिमानामा पर्ने दुई वा त्यसभन्दा बढी पााच मेगावाटसम्मको आयोजनाको अधिकार प्रदेश सरकारलाई दिइएको छ । दुई वा त्यसभन्दा बढी प्रदेशको सिमानामा पर्ने आयोजनाको अधिकार केन्द्र सरकार मातहतमा समेटेको छ ।