Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

काग्रेसको निष्कर्षः भिजिट भिसा प्रकरणमा लेखक संलग्न छैनन्


काग्रेसको निष्कर्षः भिजिट भिसा प्रकरणमा लेखक संलग्न छैनन्

काठमाडौं । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न नभएको निष्कर्ष निकालेको छ । बिहान सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा भएको पदाधिकारी बैठकले मन्त्री लेखक अनियमिततामा संलग्न नभएको निष्कर्ष निकालेको हो ।

बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले लेखकलाई जबरजस्ती जोडेर अफवाह फैलाइएको दाबी गरे । बैठकले सामाजिक सञ्जालमा अफवाह फैलाइएका भरमा राजीनामा दिन नहुने निष्कर्ष निकालेको छ ।

उनले अध्यागमनमा भएको अख्तियारको छापामारी र त्यसपछिका कुराहरू संसदभित्र र बाहिर गृहमन्त्रीले प्रष्ट पारे । उनले डा.शेखर कोइरालालगायतका केही नेताले कुरै नबुझी गृहमन्त्रीको राजीनामा माग गरेकोमा कांग्रेस बैठकमा आलोचना भएको बताए । नेताहरूले वास्तविकता बुझेकाले त्यस्ता अभिव्यक्ति नआउने प्रष्ट  पारे ।