काठमाडौं । सहकारीपीडित बचत फिर्ताको माग गर्दै विरोध प्रदर्शनमा उत्रिएका छन् । सहकारीपीडित बचतकर्ता महासंघ संघर्ष समिति नेपालको आयोजनामा पीडितहरू सडकमा उत्रिएका हुन्। सहकारीका कारण दुःख पाएको भन्दै उनीहरूले आज माइतीघरदेखि नयाँबानेश्वरसम्म र्याली निकालेका छन्।
पछिल्लो समय केही सहकारी सञ्चालकले रकम अपचलन गर्दा देशका विभिन्न स्थानमा सहकारी विरुद्ध प्रदर्शन हुन थालेको छ।