एजेन्सी । अमेरिकाले युरोपेली युनियनसँग व्यापार सम्झौताको समयसीमा बढाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली युनियनसँग व्यापार सम्झौताको लागि जुलाई ९ सम्मको समयसीमा बढाएका हुन ।
युरोपेली युनियनकी प्रमुख उरुस्ला भान डेर लेयनले अमेरिकासँग व्यापार वार्ताका लागि आफू तयार भएको बताएपछि उनले माग गरे अनुसार ट्रम्पले व्यापार वार्ताका लागि ९ जुलाइसम्मको समय दिएको बीबीसीले जनाएको छ ।
युनियनकी प्रमुख लेयनले अमेरिकी राष्ट्रपति ट्रम्पसँग राम्रो छलफल भएपछि थप वार्ताको लागि सकारात्मक वातावरण बन्दै गएको बताए । यसअघि राष्ट्रपति ट्रम्पले वार्ता नभए युरोपेली युनियनका हरेक सामानमा ५० प्रतिशत कर लगाउने चेतावनी दिए ।
गएको महिना ट्रम्पले युरोपेली युनियनमा उत्पादन हुने सामानमा २० प्रतिशत करको घोषणा गर्नुभएको थियो । यसमा पछि हटेर उनले ८ जुलाइसम्मका लागि १० प्रतिशत करको घोषणा गर्नुभएकामा केही दिन अघि मात्र फेरि ५० प्रतिशत करको विषयमा कुरा उठाएका थिए ।