Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

वित्त तथा लघुवित्त कम्पनीहरुमा आकर्षण बढ्यो


वित्त तथा लघुवित्त कम्पनीहरुमा आकर्षण बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन, सेयर बजारका लगानीकर्ताहरु वित्त तथा लघुवित्त कम्पनीहरुमा आकर्षित भएका छन् । यस दिन १३ उपसमूहमध्ये लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक बढेको छ। सोमबार लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ३.९९ प्रतिशत बढेको छ।

त्यसैगरी, यस दिन वित्त उपसमूहको परिसूचक ३.११ अंक बढेको छ भने म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। अघिल्ला दिनहरुमा उच्च अंक बढेको जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक भने यस दिन घटेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक ०.०८ प्रतिशत र निर्जीवन बीमाको ०.९७ प्रतिशत घटेको छ। यस दिन नेप्से परिसूच कभने ११.६९ अंक बढेर २१२९.४२ विन्दुमा पुगेको छ।

त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.६६ अंक, फ्लोट इण्डेक्स ०.९९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४० अंक बढेको छ। यस दिन २७९ स्टकको ७३ हजार ९५८ पटकको कारोबारमा ५ अर्ब ३१ करोड २४ लाख रुपैयाँ बराबरको १ करोड १९ लाख ३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यस दिन हिमालयन लाइफ इन्स्योरेन्स, बिपिडब्लु लघुवित्त, सिटि होटल र सिभिल लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, यस दिन माउन्टेन इनर्जी नेपाल, आशा लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।

यस दिन सुपर मादी हाइड्रोपावर र विन नेपाल लघुवित्तको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ। कारोबार रकमका आधारमा यस दिन पनि शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४२ करोड ५ लाख ९९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।