काठमाडौं, श्रावण २९ । चिनियाँ तस्करले हङकङबाट भित्र्याएको ब्रेक —सुबाट बरामद गरिएको सुनको परिमाण ६० केजी ७७९ ग्राम रहेको पाइएको छ । बरामद ब्रेक सुभित्रको सुन गालेर निकाल्दा सुनको परिमाण ६० केजी ७७९ ग्राम रहेको पाइएको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले बताएको छ ।
सोमबार राष्ट्र बैंकको टक्सार विभागले ब्रेक सुको सुन गालेर जोखेको थियो । सुनको परिमाणको औपचारिक विवरण भने सार्वजनिक गरिएको छैन ।