Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

हवाई भाडा घट्यो (सूचिसहित)


हवाई भाडा घट्यो (सूचिसहित)

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटेको छ ।  निगमले हवाई इन्धनको मूल्य ६.३ प्रतिशतले घटाएको हो नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बुधबारदेखि लागु हुने गरी नयाँ भाडादर कायम गरेको हो  । प्राधिकरणले काठमाडौंबाट  सिमरामा ९० रुपैयाँ र काठमाडौंबाट धनगढीको भाडा ४४५ रुपैयाँसम्म घटेको छ ।

निगमले मंगलबार हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ घटाएर १५० रुपैयाँ कायम गरेको थियो ।  प्राधिकरणका अनुसार हवाई भाडामा प्रतिसिट प्रतिमिनेट ७९.७९ रुपैयाँका दरले फ्यूल सरचार्ज लाग्ने गर्छ । सोही अनुसार काठमाडौंबाट धनगढी उड्दा इन्धन खर्च मात्र ६ हजार ६२५ कायम हुन्छ ।

काठमाडौं–धनगढीको उडान अवधि ८३.०९ मिनेट मानिएको छ । नयाँ दर अनुसार काठमाडौंबाट माउन्टेन फ्लाइटमा ३४०, भद्रपुरमा ३ सय, विराटनगरमा २४०, जनकपुरमा १२५, पोखरामा १६०, नेपालगन्जमा ३२५, भैरहवामा २१० रुपैयाँ भाडा घटेको छ ।

 

भाडा सूचीः