Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपाल—भारतबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता सुरु


नेपाल—भारतबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता सुरु

काठमाडौं । नेपाल—भारतबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको चारदिने भारत भ्रमणका क्रममा हुने सहमति र सम्झौताबारे भारतीय पक्ष र नेपाली पक्षबीच बिहीबार भारतका प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसमा वार्ता सुरु भएको हो । नेपालका प्रतिनिधि र भारतका प्रतिनिधिहरू सम्मिलित रहेको उक्त वार्तामा नेपाल र भारतबीच हुने सम्झौताबारे छलफल हुनेछ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटलगत्तै उक्त वार्ता भएको हो । वार्तामा दुई देशका आपसी हित, चासोका विविध विषयमा छलफल हुने र सहमतिमा पुग्ने कार्यसूची रहेको छ । द्विपक्षीय छलफल र भेटवार्तालगत्तै हैदरावाद हाउसमै दुवै देशका प्रधानमन्त्रीले संयुक्तरूपमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने बताइएको छ । प्रधानमन्त्री दाहालको सम्मानमा आजै भारतीय प्रधानमन्त्री मोदीले दिवाभोजको आयोजनासमेत गरेका छन् ।

प्रधानमन्त्रीस्तरीय छलफल र पत्रकार सम्मेलनपछि आजै प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । साँझ नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले आयोजना गर्ने कार्यक्रमलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने कार्यक्रम छ । तेस्रो पटक प्रधानमन्त्री बनेपछि दाहालको यो पहिलो भारत भ्रमण हो । दाहालको भ्रमण दलमा परराष्ट्रमन्त्री एमपी साउदसहित पाँच मन्त्रीहरू सहभागी छन् ।