Friday, June 06, 2025

२०८२ जेष्ठ २४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

काठमाडौँ बानेश्वर–तीनकुने क्षेत्रमा कर्फ्यू: हवाई यात्रुलाई सहजीकरण गर्ने


काठमाडौँ बानेश्वर–तीनकुने क्षेत्रमा कर्फ्यू: हवाई यात्रुलाई सहजीकरण गर्ने

काठमाडौं । काठमाडौँ बानेश्वर–तीनकुने क्षेत्रमा कर्फ्यू आदेश जारी भएपछि जिल्ला प्रशासन कार्यालयले हवाई यात्रुलाई सहजीकरण गर्ने भएको छ। टिकट र परिचय पत्रका आधारमा यात्रुलाई सहजीकरण गर्न प्रशासनले सुरक्षाकर्मीलाई आदेश दिएको हो।प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सूचना सार्वजनिक गर्दै हवाई यात्रुको सहजताका लागि टिकट र आधिकारिक परिचयपत्रलाई आधारमा सहभागीकरण गर्ने जानकारी गराए । सूचनामा भनिएको छ, ‘ हवाई यात्रुको सहजतालाई मध्यनजर गरी टिकट र आधिकारिक परिचयपत्र समेतका आधारमा हवाई यात्रा गर्नुहुने महानुभावलाई सहजीकरण गरिने र सो को समन्वय सुरक्षा निकायबाट हुने व्यहोरा सरोकारवाला सबैमा अनुरोध छ।’