Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दश महिनामा ३ खर्बको कृषिजन्य वस्तु आयात


दश महिनामा ३ खर्बको कृषिजन्य वस्तु आयात

काठमाडौं । चालू आर्थिक वर्षको १० महिनाको साउनदेखि वैशाख मसान्तसम्म १३ खर्ब ३५ अर्ब ३२ करोड २५ लाखको वस्तु आयात भएको छ ।अघिल्लो आर्थिक वर्षभन्दा झण्डै २ खर्ब ७० अर्ब १६.८ प्रतिशतले आयात घटेको भए पनि यसले नेपालको ज्याजस्तीको वास्तविकतालाई भने छर्लङ्ग पारेको छ ।

कुल आयातमा २२ प्रतिशतभन्दा धेरै अर्थात् २ खर्ब ९५ अर्ब ४४ करोड ४ लाखको कृषिजन्य वस्तुमात्रै आयात भएको देखिएको छ ।यसोत नेपालको सबैभन्दा ठूलो आयातको हिस्सा पेट्रोलियम पदार्थमा गएको  । यो वर्ष महँगा गाडी र विलासी वस्तुमात्रै होइन, औद्योगिक कच्चापदार्थ र ठूला मेसिनरीहरुको आयात समेत घटेको छ । देशभित्रको आर्थिक गतिविधी अवरुद्ध भएसँगै मेसिनरी र औद्योगिक कच्चापदार्थको आयात खुम्चिएको छ ।