Tuesday, June 03, 2025

२०८२ जेष्ठ २१, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

घोराही सिमेन्टको आइपीओमा आवेदन दिने म्याद थपियो


घोराही सिमेन्टको आइपीओमा आवेदन दिने  म्याद थपियो

काठमाडौं, ४ असार । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले जेठ ३२ गते बिहीबारदेखि निष्काशन गरेको शेयरमा आवेदन दिने म्याद थप गरेको छ। कम्पनीले आइपीओ भर्न असार १४ गतेसम्मको लागि म्याद थप गरेको हो। प्रिमियम मूल्यमा आइपीओ निश्काशन गरेको कम्पनीको शेयरमा मागभन्दा बढी आवेदन परिसकेका छ। सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइतबार साँझ ५ः०५ बजेसम्ममा ४ लाख ४५ हजार ८९० जना आवेदकबाट ७ अर्ब ५० करोड ६० लाख ३३ हजार ७५० रुपैयाँ बराबरको १ करोड ७२ लाख ५५ हजार २५० कित्ता शेयरको लागि आवेदन परेको छ। यो सर्वसाधारणलाई निष्काशन गरेको कुल शेयर ६९ लाख ११ हजार ६७० कित्ता शेयरको २.४९ गुणा बढी हुन आउँछ ।

कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब ९७ करोड १९ लाख ६०० रुपैयाँको २० प्रतिशत अर्थात ७९ करोड ४३ लाख ८० हजार १०० रुपैयाँ बराबरका ९७ लाख ४३ हजार ८०१ कित्ता शेयर जारी गरेको हो। यसमा ७ लाख ५४ हजार ६६१ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरेको छ भने सामुहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात ३ लाख ७७ हजार ३३१ कित्ता र कर्मचारीहरुलाई ५ प्रतिशत अर्थात ३ लाख ७७ हजार ३३१ कित्ता शेयर छुटाएको थियो।

स्थानीयले नकिनेको शेयर समेत थप गरी कम्पनीले ६९ लाख ११ हजार ६७० कित्ता शेयर सर्वसाधारणमा निष्काशनमा ल्याएको हो। उक्त शेयर १० कित्ताका दरले बाँडफाँड गर्दा ६ लाख ९१ हजार १६७ जनालाई बाँड्न पुग्छ। आइतबारसम्म नै करिब साढे ४ लाख जनाले आवेदन गरीसकेकोले अब साढे २ लाख आवेदकले आवेदन गरेमा कम्पनीको शेयर १० कित्ताभन्दा बढि बाँडफाँड हुने छैन। कम आवेदन परेमा भने केहि आवेदकलाई २० कित्ताको दरल बाँडफाँड हुनेछ। कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले १०० रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम मुल्य सहित प्रतिकित्ता ४३५ रुपैयाँका दरले न्युनतम १० कित्ता तथा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूणर् सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।