काठमाडौं । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी साहले पदभार ग्रहण गरेकी छन् । सोमबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेकी हुन । राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलबाट मन्त्री साहले शपथ लिएकी थिइन । नेकपा माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका अमनलाल मोदीलाई पार्टीले फिर्ता बोलाएसँगै जनमत पार्टीकी सांसद अनितादेवी साह मन्त्रीमा नियुक्त भएकी हुन ।
नवनियुक्त मन्त्री अनितादेवी साहद्धारा पदभार ग्रहण