Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सिंचाइ विभागमा तालबन्दी गर्न गएका ५० जना निर्माण व्यवसायी प्रहरी नियन्त्रणमा


सिंचाइ विभागमा तालबन्दी गर्न गएका ५० जना निर्माण व्यवसायी प्रहरी नियन्त्रणमा

काठमाडौं । ललितपुरको जावलाखेलस्थित सिंचाइ विभागमा तालबन्दी गर्न गएका ५० जना निर्माण व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभागमा तालबन्दी गर्ने र धर्ना बस्ने भनी त्यहाँ गएका निर्माण व्यवसायीलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको हो । निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जे लामा‚ महासचिव रोशन दाहाललगायतलाई पक्राउ गरेको महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए ।

अहिले निर्माण व्यवसायीको अर्को समूहले भने काडमाडौंको बबरमहलस्थित सडक विभागअगाडि प्रदर्शन गरिरहेको उनले बताए । तीन हजार आयोजनाको एकमुष्ट म्याद थप, काम गरेको ठेक्काको भुक्तानी दिनुपर्नेलगायत माग राख्दै असार २९ देखि निर्माण व्यवसायीहरूले प्रदर्शन गर्दै आएका छन् । आयोजनाको म्याद थप नगरे र भुक्तानी नदिए काम गर्न नसकिने भन्दै नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्वमा आन्दोलन सुरु गरिएको हो ।