Monday, July 28, 2025

२०८२ श्रावण १३, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

केरा दर्जनमा ठगिएपछि किसानले तौलमा बिक्री गर्ने


केरा दर्जनमा ठगिएपछि किसानले तौलमा  बिक्री गर्ने

काठमाडौं । नवलपरासी पछिल्लो समय केरा पकेट क्षेत्रको रुपमा चिनिएको पश्चिम् सुस्ता र प्रतापपुरका केरा उत्पादक कृषकहरूले अबदेखि किलोको हिसाबमा केरा बिक्री गर्ने भएका छन् । भुक्तानी नपाएर उखुबाट विस्थापित भएर केरा खेतीमा लागेका सयौँ किसानले केराको पनि उचित मूल्य नपाएपछि तौल प्रणाली लागु गरिएको केरा उत्पादक संघ नवलपरासीका अध्यक्ष लख्खु यादवले बताए ।

२५ सय बिगाहामा हुँदै आएको केरा खेती अहिले १२ सय हेक्टरमा मात्र हुँदै आएको अध्यक्ष यादवको भनाई छ । केरा उत्पादक कृषक शैलेन्द्र कुमार शर्माको गुनासो थियो। किसानबाट केरा खरिद गरेर लैजाने व्यापारीले सहकारी वा बैङ्क मार्फत धरौटी जम्मा गरी पालिकाको सिफारिसमा मात्र केरा खरिद बिक्री गरिने व्यवस्था मिलाइएको केरा उत्पादक संघका अध्यक्ष लख्खु यादवले बताए ।नवलपरासीमा भारतीय केराका कारण नेपाली केराले उचित बजार नपाउँदा किसानको उत्पादित केरा बारीमै कुहिने अवस्था रहेको छ ।

सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले केरा उत्पादक कृषकले उचित मूल्य पाउनु पर्नेमा जोड दिँदै किसानको लगानी नडुबोस् र कृषकलाई ब्यवासायिक केरा खेती बाट आत्मनिर्भर बनाउनका लागि पालिकाले सक्दो सहयोग उपलब्ध गराउने बताए ।सुस्ता र प्रतापपुरलाई केरा पकेट जोनको रुपमा बिकास गरी स्थानीय र प्रदेश सरकारले आवश्यक प्रबन्ध मिलाइदिनु पर्ने किसानको माग छ । यहाँ उत्पादित केरा बुटवल,काठमाडौँ,पोखरा लगायतका अन्य बजारमा पठाउने गरिएको छ ।