Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

इटहरी उपमहानगरपालिकाको बजेट २ अर्ब ३५ करोड[पूर्णपाठ सहित]


इटहरी उपमहानगरपालिकाको बजेट २ अर्ब ३५ करोड[पूर्णपाठ सहित]

काठमाडौं । इटहरी उपमहानगरपालिकाले २ अर्ब ३५ करोड  ३१ हजार रुपैयाँको अनुमानित बजेट विनियोजन गरेको छ । उपमहानगरको तेह्रौँ नगरसभामा उपप्रमुख संगिता कुमारी चौधरीले आगामी आर्थिक वर्ष २०८०,८१ का लागि सो बजेट प्रस्तुत गरेकी हुन् । आगामी आर्थिक वर्षको लागि संघीय समानिकरण अनुदान  ३० करोड १७ लाख, संघीय सशर्त अनुदान  ७२ करोड ५७ लाख , संघीय समपूरक अनुदान २ करोड, संघीय विशेष अनुदान ३ करोड ७५ लाख ,प्रदेश समानिकरण अनुदान 

२ करोड ७ हजार, प्रदेश सशर्त अनुदान  १ करोड २३ लाख २५ हजार, प्रदेश समपूरक अनुदान १ करोड, संघीय राजश्व बाँडफाँड १८ करोड ३ हजार, प्रदेश राजस्व बाँडफाँडसवारी २ करोड १३ लाख ९६ हजार, प्रदेश राजश्व बाँडफाँड रजिस्ट्रेशन  ३० करोड , आन्तरिक श्रोतबाट  ६८ करोड १४ लाख , नगद मौज्दात परिवर्तनबाट १ करोड र  नगर  विकास कोषबाट ऋण ३ करोड प्राप्त भएको उपमहानगरले बताएको छ ।

चालू खर्च तर्फ रु १ अर्ब १५ करोड ७८ लाख २५ हजार अर्थात् कुल बजेटको ४९.२७ प्रतिशत,वित्तीय व्यवस्था अन्तर्गत नगर विकास कोषको सावाँ व्याज भुक्तानी तर्फ रु। ५० लाख र  पुँजीगत तर्फ १ अर्ब १८ करोड ७२ लाख ६ हजार अर्थात् कुल बजेटको ५०।५२ प्रतिशत विनियोजन गरिएको छ ।

विषयगत तर्फ रु २५ करोड, वडा सीमा तर्फ १० वटा वडा १,३,७,१०,११,१३,१४,१५,१८ र १९० लाई प्रति वडा १ करोड ५५ लाखका दरले, वडा नं २,४,५,६,८,९,१२,१६,१७ र २००लाई प्रति वडा १ करोड ७५ लाखका दरले गरी कुल ३३ करोड, नगर स्तरीय योजनाका लागि १७ करोड ४५ लाख ६ हजार, सशर्त अनुदान तर्फ८० करोड ५५ लाख २५ हजार विनियोजन गरिएको छ ।