Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

आँधीले १० लाख भन्दा बढी प्रभावित, हजारौं उडान रद्द


आँधीले १० लाख भन्दा बढी प्रभावित, हजारौं उडान रद्द

एजेन्सी । पूर्वी अमेरिकामा आएको ठूलो आँधी कारण अहिले न्यूयोर्कदेखि अलाबामासम्म करिब १० लाख घर र व्यवसाय चपेटामा परेका छन् । भारी आँधीका कारण हजारौं उडान पनि रद्द गरेका छन् । आँधीका कारण करिब पाँच करोड मानिस अहिले समस्यामा परेका छन् ।

मंगलबार बिहानसम्म उत्तरी क्यारोलिनामा १ लाख पेन्सिल्भेनियामा ९५ हजार र मेरील्याण्डमा ६४ हजार मानिसहरू अझै पनि बिजुली विहीन अवस्थामा छन ।

हिजो एक हजारभन्दा बढी उडान स्थगित गरिएको थियो भने संघीय उड्डयन प्रशासनले न्यूयोर्क, फिलाडेल्फिया, एटलान्टा र वाशिंगटन डीसीका एयरपोर्टहरूको उडान स्थगित गरेको थियो ।

मौसम विभागले आँधीलाई सबैभन्दा प्रभावकारी गम्भीर मौसमी घटनाहरू मध्ये एक हुन् भनी चेतावनी दिएको थियो ।
यो दशकमा पहिलो पटक मौसम विभागले डिसी सहरमा चार–पाँच तहको जोखिम जारी गरेको हो । मौसम विभागको चेतावनी अनुसार सरकारी कर्मचारीलाई चाँडै घर फर्काइएको थियो ।

मौसमविद् इलिन व्हेलनले भने जति क्षति आशंका गरिएको थियो त्यति ठूलो नभएको बताएका छन् ।