Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कर्णाली डेभलपमेन्ट बैङ्कले दुई साताको अवधिमा करिब १० करोड निक्षेप फिर्ता गर्यो


कर्णाली डेभलपमेन्ट बैङ्कले दुई साताको अवधिमा करिब १० करोड निक्षेप फिर्ता गर्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले समस्याग्रस्त संस्था घोषणा गरेको कर्णाली डेभलपमेन्ट बैङ्क लिमिटेडले अन्तरबैङ्क रकम सापटी लिएर दुई साताको अवधिमा करिब १० करोड निक्षेप फिर्ता गरेको छ ।

नेपाल राष्ट्र बैङ्कले कर्णाली डेभलपमेन्ट बैङ्कलाई समस्याग्रस्त घोषणागरी सञ्चालनका लागि राष्ट्र बैङ्कका बैङ्क तथा बित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा वित्तीय संस्था सुपरीवेक्षण विभागका उपनिर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उपनिर्देशक जुगलकिशोर कुशवाह रहेको ३ सदस्यीय व्यवस्थापन समिति गठन गरेको छ ।

सोही समितिले सर्वसाधारण निक्षेपकर्ताको बचत फिर्ताका लागि अन्तरबैङ्क सापटी लिएर पहिलो चरणमा १० करोड रुपियाँ फिर्ता गरेको हो । सम्पूर्ण निक्षेप फिर्ताका लागि कर्जा र ब्याज पनि असुल हुनुपर्ने र त्यसमा लागि परेको व्यवस्थापन समूहले जनाएको छ ।

केही दिन निक्षेप फिर्ता स्थगित भएकोमा थारू समुदायको माघीलाई मध्यनजर गर्दै पुनःनिक्षेप फिर्ता गरिने व्यवस्थापन समूहले जनाएको छ । पहिलो चरणमा अन्तर बैङ्क सापटी लिएको व्यवस्थापन समूहले कर्जा बिक्री र कर्जा स्वाप (हस्तान्तरण) का लागि समेत अन्तरबैङ्क प्रक्रिया अघि बढेकाले निक्षेप फिर्ताका लागि थप सहज हुने जनाएको छ ।