काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थालाई डिप्रोक्स लघुवित्तले प्राप्ति गरेर असार १ गतेदेखि एकिकृत कारोबार थाल्दै छ । सोहि प्रयोजनको लागि आदर्श लघुवित्तले शेयर कारोबार रोक्का गर्न नेप्सेलाई आग्रह गरेको छ ।
धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्नेगाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ अनुसार कम्पनीको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्र अभौतिकिकरण तथा सूचीकरण प्रयोजनको लागि असार १ गते देखि १५ सेयर कारोबार रोक्न गर्न आग्रह गरेको हो ।
सोही प्रयोजनको लागि नेप्सेले कारोबार रोक्का गरेको पत्र समेत उपलब्ध गराउन कम्पनीलाई सहयोग गर्न पनि लघुवित्तले आग्रह गरेको छ ।