Saturday, June 07, 2025

२०८२ जेष्ठ २५, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

भन्सार विभागमा धर्ना


भन्सार विभागमा  धर्ना

काठमाडौं, १९ असार । भन्सार विभागमा भन्सार एजेन्टले नियुक्त गरेका भन्सार प्रतिनिधिहरु सरकारले बजेटमार्फत हटाएपछि विरोधमा उत्रिएका छन् ।नेपाल सरकारले आर्थिक वर्ष २०८०,८१ को आर्थिक विधेयकमा भन्सार ऐन संशोधन गरी भन्सार एजेन्टका ३०० जना प्रतिनिधिहरू हटाउने निर्णय गरेको हो ।

नेपाल सरकारद्वारा भन्सार एजेन्टले नियुक्त गरेका प्रतिनिधि खारेज गरेको हो । अहिले आर्थिक विधेयक पास भएर प्रमाणीकरणको प्रक्रियामा रहेको छ ।तर, अहिले भन्सार एजेन्टका प्रतिनिधिले १० दिन देखि भन्सार विभागमा धर्ना दिरहेका छन् । आफ्नो रोजिरोटी खोसिएको भन्दै उनीहरु धर्नामा बसेका हुन ।

धर्नामा मादल र सिट्टी बजाएर पुराना भन्सार एजेन्टका प्रतिनिधिहरुले विरोध गरिरहेका छन् । धर्नामा मादल र सिठिठ् बजाउँदै ‘प्रतिनिधिलाई लाइसेन्स दे, रोजीरोटी खोस्न पाइदैन, अन्धो सरकार चाहिदैन र सरकारबाट हट लगायतका नारा प्रस्तुत भएका छन् । धर्नामा सहभागी तथा संर्घष समितिका सदस्य शंकर थापाले विगत १० दिनदेखि केन्द्रीय भन्सार कार्यलयमा शान्तिपूर्ण गरिरहेका बताएका छन् ।