काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका स्थित बोझिनीमा सवस्टेशन निर्माणमा अवरोध गरेको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बोझिनी गाउँका स्थानीय रहेका छन् । काममा अवरोध गरेको आरोपमा उनीहरूलाई प्रहरीले बल प्रयोग गरेर नियन्त्रणमा लिएको हो । सो स्थानमा प्रहरीले यसअघि पनि बल प्रयोग गर्दै आएको थियो । पक्राउ परेकाहरूलाई प्रहरी वृत्त बौद्धमा राखिएको छ ।

 
                             
                                     
	                                         
	                                         
	                                         
	                                         
	                                         
	                                         
                    .jpg) 
                     
                     
                     
                     
                    