काठमाडौं । शुक्रबार राजावादी समर्थकले गरेको प्रर्दशनीपछि लुटपाट भएको कोटेश्वरको भाटभटेनी सुपरमार्केटले सेवा पुनः सञ्चालन गरेको छ। सुपरमार्केटका सिइओ पानु पौडेलका अनुसार रातभरि सरसफाइ गरेर शनिबार बिहानदेखि पुनः सञ्चालनमा ल्याएको बताए। प्रदर्शनकारीको समूहले भाटभटेनीमा प्रवेश गरेर सामग्री लुटपाट गरेको उनले बताए।
मोबाइल, घडी, बियर, महंगा ब्रान्डका रक्सी, कपडा, फलफुल, जुसलगायतका सयौँ वस्तु लुटपाट भएको छ। उनले लुटपाट गर्ने र क्षति पुर्याउनेहरुलाई सरकारले छिट्टै कानुनी दायरामा ल्याउन आग्रह गरेका छन्।