काठमाडौं, श्रावण १२ । नेपालगन्जमा अत्याधुनिक प्रविधियुक्त सिनेमा हल सिने रोयल सञ्चालनमा आएको छ। हाडजोर्नी विशेषज्ञ डा. विनोद थापा र उनकी श्रीमती प्रसूति रोग विशेषज्ञ डा. कल्पना थापाको परिवारले जग्गाबाहेक २५ करोड लागतमा सिनेमा हल निर्माण गरेका हुन्।
उनीहरूका छोरा डा. राहुल थापाले चार वर्षअघि निर्माण सुरू भए पनि कोभिड महामारीका कारण डेढ वर्ष काम रोक्नुपरेकाले सञ्चालनमा आउन ढिलाइ भएको बताएका छन्। उनका अनुसार यो हल ५६० सिट क्षमताको छ।
यहाँ तीनवटा अडिटोरियम हलसमेत छन्।शुक्रबार बिहान ९ बजेबाट व्यावसायिक प्रदर्शन सुरू गर्ने र दिनको चार शो सञ्चालन गर्ने उनले बताए।

 
                             
                                     
	                                         
	                                         
	                                        .jpg) 
	                                         
	                                         
	                                         
                     
                     
                     
                     
                     
                    .jpg) 
                     
                     
                    