Tuesday, June 03, 2025

२०८२ जेष्ठ २१, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सिटी होटलको आइपीओ सूचीकृत


सिटी होटलको आइपीओ सूचीकृत

काठमाडौं । सिटी होटलको आइपीओ सूचीकृत भएको छ। कम्पनीको १ करोड ६७ लाख ४० हजार कित्ता सेयर सूचीकृत भएको हो। कम्पनीले सर्वसाधारण, वैदेशिक रोजगारीमा गएका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि निष्कासन गरेको कुल १६ लाख ७४ हजार कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको १ करोड ५० लाख ६६ हजार कित्ता गरी कुल १ करोड ६७ लाख ४० हजार कित्ता सेयर सूचीकृत गराएको हो।

नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको ८७ रुपैयाँ ८३ पैसादेखि २६३ रुपैयाँ ४९ पैसासम्मको ओपनिङ रेञ्ज तोकेको छ। सोही रेञ्जमा रहेर आइतबारदेखि कम्पनीको सेयर कारोबार खुला हुने छन् । नेप्सेले कम्पनीको वास्तविक नेटवर्थको तीन गुणासम्म पहिलो कारोबारको लागि मूल्य रेञ्ज तोक्ने गर्छ। त्यस्तै, सूचीकरणपछि दिनुपर्ने आरटिएस सेवा ग्लोबल आइएमई क्यापिटल नक्सालबाट हुने समेत कम्पनीले बताएको  छ।