Tuesday, December 16, 2025

२०८२ पुष १, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सेयर बजारमा गिरावट, १२.५० अङ्कले घट्यो नेप्से


सेयर बजारमा  गिरावट, १२.५० अङ्कले घट्यो नेप्से

काठमाडौँ । साताको पहिलो कारोबार आज (आइतबार) सेयर बजार परिसूचक (नेप्से) १२.५० अङ्कको गिरावट आएको छ ।

उक्त अङ्कको गिरावटसँगै २५९४.८७ विन्दु कायम भएको छ । गत साताको अन्तिम कारोबार १.६६ अङ्कले घटेर २ हजार ६०७.३७ विन्दुमा बन्द भएको थियो ।

आज ४ अर्ब ७४ लाख बराबरको कारोबार भएको छ  ।  आज कारोबारमा आएका कुल कम्पनीमध्ये ५६  कम्पनीको शेयर मूल्य बढेको छ भने १९७ कम्पनीको घटेको छ । यस्तै ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।

बैंकिङ र म्युचुअल फन्डबाहेक सबै उपसमूह घटेका छन् । लाइफ इन्स्योरेन्सको सर्वाधिक ११५ अङ्क अर्थात् ०.८७ प्रतिशतले घटेको छ ।
 
आज स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड र एसवार्य प्यानलको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।