काठमाडौं, श्रावण १० । सानिमा बैंकले ग्राहकका लागि अनलाइन बैंक ग्यारेन्टी (जमानत) सेवा सञ्चाल ल्याएको छ। यो सुबिधा अन्तर्गत ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध अनलाइन पोर्टलमार्फत बैंक ग्यारेन्टीको आवेदन दिन सक्ने छ ।
त्यसपछि बैंक ग्यारेन्टी (जमानत) प्रक्रिया पूरा भएको सूचना आवेदकले इमेलमार्फत प्राप्त हुनेछ। उक्त सूचना प्राप्त गरेपश्चात सम्बन्धितले सक्कल आवेदनसहित बैंकको काउन्टरबाट बैंक ग्यारेन्टी (जमानत) सङ्कलन गर्ने व्यवस्था मिलाइएको बैंकले बताएको छ।
आवेदनमा कुनै समस्या भएमा कारणसहित इमेलमार्फत समयमै सूचना पठाइने बताइएको छ। यस प्रबिधिबाट ग्राहकहरूलाई छिटो, छरिटो र झन्झटरहित सेवा प्रवाह गर्न मद्दत पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ। सानिमा बैंककोे सातै प्रदेशमा १३२ वटा कार्यालयहरु र १२३ वटा एटिएम संजालहरु रहेका छन्।

 
                             
                                     
	                                         
	                                         
	                                        .jpg) 
	                                         
	                                         
	                                         
                     
                     
                     
                     
                     
                    .jpg) 
                     
                     
                    